भोली प्रदेश २ मा सार्वजनिक विदा


टुडेखोज, जनकपुरधाम : प्रदेश २ मा भोली शुक्रवार प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।

इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्तीको अवसरमा सार्वजानिक विदा दिएको हो । मुख्यमंत्री लालबाबु राउतले एक सूचना जारी गर्दै शुक्रबार प्रदेशभर सार्वजनिक विदाको घोषणा गरेका छन् ।

मुख्यमंत्री राउतले प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भनि शुभकामना व्यक्त गरेका हुन् ।

प्रकाशित : २०७७ कार्तिक १३, बिहीबार १५:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ