सिरहामा पेस्तोल र लागूऔषध बोकेका दुई युवक पक्राउ


टुडेखोज, जनकपुरधाम : सिराहा प्रहरीले बिहीबार कटुवा पेस्तोल र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स.७ प २५५३ नम्बरको मोटरसाइकलमा सवार कर्जन्हा नगरपालिका २ का २२ वर्षीय डिम्पल यादव र सोही ठाउका २२ वर्षीय प्रेमनाथ यादव छन् । डिम्पलको साथबाट कटुवा पेस्तोल १ थान, गोली १ थान र नाइट्रोभेट ट्याब्लेट ६ थान बरामद भएको छ ।

कर्जन्हा नगरपालिका २ बन्दीपुर बजारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई जना युवकलाई कटुवा पेस्तोल र लागूऔषधसहित पक्राउ गरिएको सिराहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

पक्राउ परेका डिम्पलसँग सोधपुछ गर्दा उक्त घटनामा प्रेमनाथ समेतको संलग्नता रहेको बताएपछि उनलाई समेत नियन्त्रणमा लिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक १३, बिहीबार १५:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ