राज्यमंत्री मण्डलले वृक्षारोपण गरी मनाए छोरा स्वराजको जन्मदिन


टुडेखोज, जनकपुरधाम : प्रदेश २ का उधोग, पर्यटन वन तथा वातावरण राज्यमंत्री सुरेश मण्डलले आफ्नो छोराको जन्मदिन वृक्षारोपण गरी मनाएका छन् ।

राज्यमंत्री मण्डलले छोरा स्वराजको जन्मदिनको अवसरमा आज बिराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको सरस्वती मन्दिर परिसर र बृद्धाश्रममा बृक्षारोपण गरेका हुन् । बृक्षारोपण कार्यक्रममा राज्यमंत्री मण्डलसंगै छोरा स्वराज र पत्नी रिता मण्डल समेत देखिइन् ।

छोरा स्वराजको जन्मदिनको अवसरमा मन्दिर परिसर र वृद्धाश्रममा धार्मिक बृक्ष रुद्राक्ष, अमला, सतिसाल, अशोक र अन्य प्रजातिका गरि करिब १ सय बिरुवा रोपेको राज्यमंत्री मण्डलले बताए । उनले सामाजिक संजालमा लेखेका छन्, ‘स्वराज बाबुको सुस्वास्थ्य र दीर्घायुको कामना ।’

राज्यमंत्री मण्डलले पटक पटक जन्मदिनको अवसरमा वृक्षारोपण गर्न अपिल गरेका छन् । केक काटेर रकम बर्बाद गर्नुभन्दा वृक्षारोपण गर्न जनतासंग उनको सुझाव छ ।

प्रकाशित : २०७७ कार्तिक १३, बिहीबार १८:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ