साइकलमा चरेश र गाँजा बोकेका यादव पक्राउ


टुडेखोज, बारा : लागूऔषध गाँजा र चरेशसहित बारा प्रहरीले आज विहान एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पचरौता नगरपालिका ३ रामनगरका २० वर्षीय बिनोद यादव छन् । उनको साथबाट करिब २ केजी लागूऔषध गाँजा र करिब २ केजी चरेस बरामद भएको छ ।
प्रहरी चौकी बेल्दारीबाट खटीएको प्रहरीले नेपालबाट भारततर्फ साईकलमा जाँदै गरेका बेला पचरौता नगरपालिका ४ बेल्दारीबाट यादव पक्राउ परेको प्रहरीले जनाएको छ ।

चेकजाँच गर्ने क्रममा उनले बोकेको झोला र शरिरमा लुकाई राखेको अवस्थामा लागूऔषध गाँजा र चरेश बरामद भएको हो । प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७७ कार्तिक १४, शुक्रबार १९:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ