दलित प्रधानका पतिलाई अपहरण गरी जिउँदै जलाएर हत्या !


एजेन्सी : भारतको उत्तर प्रदेशमा एउटा स्तब्ध पार्ने घटना भएको छ । अमेठीका दलित प्रधानका पतिलाई बिहीबार राति अपहरण गरी जिउँदै जलाएर हत्या गरिएको हो ।

राति उनी आधा जलिएको अवस्थामा फेला परेका थिए । लखनऊको ट्रमा सेन्टर लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाए । हाल उक्त गाउँमा त्रास फैलिएको छ भने ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।

अमेठीकी सांसद स्मृति इरानीले घटनाप्रति निन्दा गर्दै दोषीलाई तत्काल कारबाही गर्न आग्रह गरेकी छन् । प्रहरीले एक आरोपीलाई पक्राउ पनि गरिसकेको छ ।

प्रहरीका अनुसार यो घटना मलेठीस्थियत मुन्सीगन्ज बन्डोइया गाउँको हो । गाउँ प्रमुखका पति ४० वर्षीय अर्जुन बिहीबार बिहान घरबाट हिँडेका थिए । परिवारका अनुसार केके तिवारी, आशुतोष, राजेश मिश्र, रवी र सन्तोष गाउँबाटै अपहरण भएका थिए ।

अर्जुन लामो समयसम्म घर नफर्किएपछि उनका छोरा सुरेन्द्रले पुलिसलाई खबर गरेका थिए । राति साढे १० बजे अर्जुन गाउँलेहरू कृष्ण कुमारको छेउछाउमा भेटेका प्रहरीले बताएको छ । उनलाई जिल्ला अस्पताल लगिएको थियो ।

आज बिहानै लखनऊको ट्रमा सेन्टर अर्जुनलाई लगिए पनि बाटैमा उनको ज्यान गएको छ । मृतकको अडियो पनि भेटिएको छ ।

प्रकाशित : २०७७ कार्तिक १४, शुक्रबार १९:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ