बारामा थप एक संक्रमितको ज्यान गयो


जनकपुरधाम : बारामा थप एक कोरोना संक्रमितको ज्यान गएको छ।

मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका ९ का ६२ वर्षीय वृद्ध छन् । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी बिहीबार उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए ।

कलेजले सञ्चालन गरेको बाबा होटलको आइसोलेसनमा उपचार गराइरहेका उनको कोरोना संक्रमणले मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पुष्टि गरेका छन् ।

प्रकाशित : २०७७ कार्तिक १५, शनिबार १५:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ