सिरहामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ


टुडेखोज, सिरहा : सिरहाको बन्दीपुरबाट कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बन्दीपुर बजारमा स ७ प २५५३ नम्बरको मोटरसाइकललाई चेक गर्ने क्रममा एक थान कटुवा पेस्तोल र एकथान गोली, ६ थान लागूऔषध नाईट्रोभेट ट्याब्लेटसहित कर्जन्हा नगरपालिका २ का २२ वर्षीय डिम्पल यादवलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा संलग्न प्रेमनाथ यादवलाई समेत पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : २०७७ कार्तिक १६, आईतवार ०७:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ