आइतबार २८ सय २४ कोरोना संक्रमित थपिए, थप २३ जनाको मृत्यु


टुडेखोज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा देशभर २८ सय २४ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २२ सय ६४ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ । पछिल्लो २४ घण्टामा १३ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको छ । २ हजार ३८६ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ ।

प्रकाशित : २०७७ कार्तिक १६, आईतवार १६:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ