प्रदेश २ : कोरोनाले सिरहा र बारामा एक/एक पुरुषको मृत्यु, मृतक १७० पुग्यो


सिबेन्द्र रोहिता, जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप दुई कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या १७० पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सिरहाको सुखिपुर नगरपालिका ४ का ६४ वर्षीय पुरुषको सोमवार मृत्यु भएको हो । प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा उनको मृत्यु भएको छ ।

यस्तै बाराको निजगढ नगरपालिका ९ का ६२ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ । उनको मृत्यु कुन अस्पतालमा भएको कुरा मन्त्रालयले उल्लेख गरेका छैन ।

हालसम्म सिरहामा १८ र बारामा १९ जना कोरोना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक १७, सोमबार १८:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ