धनुषा : ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु, एक बालिका र एक महिला घाइते


टुडेखोज, जनकपुरधाम : धनुषाको बटेश्वर गाउँपालिका ४ मा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ भने दुई महिला घाइते भएकी छन् ।

स्थानीय ३५ वर्षीया सुनिता देवी रविदासको मृत्यु भएको हो । स्थानीय जग्देव ठाकुरकी १४ वर्षीया छोरी मधु ठाकुर र खुशीलाल शर्माकी २७ वर्षीया पत्नी रिनादेवी ठाकुर घाइते भएकी छन् । दुबै जनालाई जनकपुरको प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।

चाडपर्वका बेला घर लिपपोत गर्न माटो खन्ने क्रममा हरेक बर्ष मधेसका जिल्लामा महिलाहरुको ढिस्कोमा पुरिएर ज्यान जाने गर्छन् ।

प्रकाशित : २०७७ कार्तिक १८, मंगलवार ११:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ