सर्लाही : सिमा नाका खोल्न स्थानीय तहका प्रमुखहरुको माग


टुडेखोज, सर्लाही : सर्लाहीका स्थानीय तहका प्रमुखहरुले भरतीय सीमानाका खोल्न माग गरेका छन् ।

कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले चैत १२ गतेबाट लकडाउन घोषणा गरेदेखि देशभरका अन्य नाकाहरुसँगै सर्लाहीका सीमा नाकाहरु पनि बन्द छन् ।

खेतबारी र अन्य सहायक सडक हुँदै निर्बाध रुपमा आवतजावत भईनै रहेकाले मुख्य नाकाहरु मात्र बन्द गरेर केही पनि नहुने पालिका प्रमुखहरुको तर्क छ ।

मुख्य नाका बन्द गर्दा स्थानीयलाई भारतमा औषधि उपचार गराउन निकै समस्या खेप्नु परिरहेकाले स्थानीय प्रशासनसँग बारम्बार आग्रह गरिरहेको गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले बताए ।

जिल्लाको दक्षिणी सीमा नाकामा सशस्त्र प्रहरीले ढाट तेर्‍स्याएर बसिरहेका छन् । सबै क्षेत्र खुल्ला भईसकेकाले नाका मात्र बन्द राख्न नहुने उनीहरुको माग छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले दुई देशको सीमा नाका भएकाले जिल्लाले निर्णय गर्न नसक्ने भएकाले केन्द्रकै निर्णय पर्खिनुपर्ने जनाएका छन् ।

प्रकाशित : २०७७ कार्तिक १८, मंगलवार १५:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ