सिरहामा १० किलो गाँजासहित एक युवक पक्राउ


टुडेखोज, सिरहा : लागुऔषध गाँजासहित एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका १४ का ३७ वर्षीय बुधबहादुर तामाङ रहेका छन् ।

धनगढीमाई नगरपालिकाकै सखुवाचौरीबाट को ९ प २१९५ नम्बरको मोटरसाइकलमा दक्षिणतर्फ जाने क्रममा प्रहरीले चेकजाँच गर्दा गाँजा बरामद भएपछि तामाङलाई पक्राउ गरिएको हो । बरामद भएको गाँजा १० किलो रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरी टोलिले तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी शालिग्राम शर्माले जानकारी दिए । तामाङमाथि थप अनुसन्धान तथा कारबाही अगाडी बढाएको उनले बताए ।

प्रकाशित : २०७७ कार्तिक १८, मंगलवार १८:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ