जनकपुरमा खुल्यो अफटेक र जुलुन कम्पनीको शोरुम, संघीय साँसद र मन्त्रीद्वारा उद्घाटन


टुडेखोज, जनकपुरधाम : प्रदेश २ मा जुलुन कम्पनीको टेम्पु र अफटेक कम्पनीको मोटरसाइकलको पहिलो शोरुम जनकपुरमा खुलेको छ । जनकपुरधाम १४ मुजेलियास्थित जिनी इन्टरप्राइजेज नामक शोरुमको उद्घाटन बुधवार जसपाका संघीय सासँद उमाशंकर अरगरिया र प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले संयुक्त रुपमा गरेका छन् ।

उद्घाटन समारोहमा मन्त्री यादवले भारतीय अफटेक कम्पनीले बजारमा ल्याएको आरामदायी र नयाँ प्रविधियुक्त मोटरसाइकल अब जनकपुरमा पाइनु गौरबको विषय भएको बताए । यस्तै जुलुन कम्पनीको चार्जेबल टेम्पु, लोडर, टिपर जस्ता सवारीले रोजगारी सिर्जना गरेको पनि बताए ।

संघीय साँसद अरगरियाले चार्जेबल टेम्पु जस्ता सवारी जनकपुरमै सहज र शुलभ रुपमा पाउनु खुःशीको विषय भएको बताए । ‘टेम्पुले यहाँका हजारौं गरिब विपन्नलाई स्वरोजगार बनाएको छ’, उनले भने, ‘खुट्टाले चलाउने पुरानो रिक्साका कारण गरिब विपन्नलाई रोगको सिकार बनाउथ्यो । कमाइ पनि कम हुन्थ्यो । तर अब कमाइ पनि बढेको छ । रोगको सिकार पनि नहुने भएको छ ।’

अफटेक कम्पनी नेपालका आधिकारिक विक्रेता केशब विस्टले मोटरसाइकलको विशेषताको विषयमा जानकारी गराएका थिए । उनका अनुसार अफटेक कम्पनीले ११० सिसिदेखि ३१० सिसि सम्मका आरामदायी र नयाँ प्रविधिको मोटरसाइकल बजारमा ल्याएको छ । यो मोटरसाइकल जति लामो दुरीको यात्रा गर्दा पनि जीउ दुख्दैन । आरामदायी हुन्छ ।

जिनी इन्टरप्राइजेजका प्रोपराइटर जीतेश्वर महतोले जुलुन र अफटेक कम्पनीका सवारी अन्य कम्पनीको भन्दा गुणस्तरीय भएको दावी गरे । उनले यहाँ पाइने सबै मोडलका मोटरसाइकल, टेम्पु र अन्य सवारीको पार्टपुर्जा यही उपलब्ध हुने र सबै सवारीमा ५ वर्षको ग्यारेन्टी दिने बताए ।

प्रकाशित : २०७७ कार्तिक १९, बुधबार १९:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ