कर्जन्हा युवा संजालको आयोजनामा २९ जनाले गरे रक्तदान


टुडेखोज, लहान : सिरहाको बन्दीपुरमा कजन्हा युवा संजालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका २९ जनाले रक्तदान गरेका हुन् ।

अहिले कोरोना महामारीका बेला जताततै रगतको अभाव देखिन्छ । संकटका बेला रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान गरेको संजालका सदस्य जीतेन्द्र यादवले जानकारी दिए ।

ब्लड बैंक लहानको समन्वयमा रक्तदान कार्यक्रम गरिएको छ । स्थानीय प्रभात महतो, रिपु यादव, केशव कोइराला, कृष्णा महतो, क्षेत्रलाल सिंह लगायतका युवाहरुले रक्तदान गरेका हुन् ।

हरेक ६ महिनामा रक्तदान गर्दा शरिरमा कुनै समस्या नहुने गरेको विज्ञहरु बताउँछन् ।

प्रकाशित : २०७७ कार्तिक १९, बुधबार २०:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ