को खुःशी र को दुःखी भए, त्यो मेरो मतलवको कुरा होइन् : राजकिशोर


जनकपुरधाम, २९ भदौं । राष्ट्रिय जनता पार्टी (राजपा) मा अहिले विवाद देखापरेको छ । अध्यक्ष मण्डल संयोजक राजकिशोर यादवले मनोमानी गर्न खोजेको नेता तथा कार्यकर्ताहरु सामाजिक संजालमा उल्लेख गरेका छन् ।

यद्यपी संयोजक यादव पार्टीभित्र कुनै विवाद नभएको बताउँछन् । उनी पार्टीमा वैचारिक बहस हुनु विवाद नभएको बताए । संयोजक यादवले ६ दल मिलेर बनेको लोकतान्त्रिक जीवन्त पार्टी राजपामा वैचारिक बहस हुने गरेको बताए ।

‘पार्टीमा वैचारिक बहस हुन्छ । दृष्टिकोण आ–आफ्नो राखिन्छ’ उनी भन्छन्, ‘बादविवाद भन्दा बढी साझा दृष्टिकोणमा बहस हुन्छ । अहिले सामाजिक संजालको युग छ आफ्नो मनमा लागेको कुरा लेख्छ । तर यो विवाद होइन् ।’

लोकतान्त्रिक प्रकृयामा हुने वैचारिक बहसलाई अझ व्यवस्थित, अनुशासित र पार्टीलाई एकढिक्का बनाउनका लागि आफू प्रयासरत रहेको भन्दै उनले अहिले पार्टीमा जसरी अलग–अलग लिगेसी बोकेको छ त्यसको अन्त्य महाधिवेसनपछि हुने बताए । ‘विवाद त्यसलाई भनिन्छ जहाँ मुद्दामा अलग अलग विचार हुन्छ’ उनी भन्छन्, “एजेन्डा आएपछि हामी सबै एकै हुन्छौं । यसलाई विवाद नभनौं ।”

आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको बताउँदै उनले आफू संयोजकको जिम्मेबारी राम्रोसँग बुझिरहेको बताए । ‘संयोजकको जिम्मेबारी म राम्रोसित बुझिरहेको छु’ पार्टी मधेश र देशका लागि गर्नुपर्ने जिम्मेबारी मलाई थाहा छ’ उनी भन्छन्, ‘कुन व्यक्ति खुशी भए । र, को दुःखी भए त्यो मेरो लागि कुनै मतलव राखिदैन् । जनता, पार्टी र मधेश र देशको हितका लागि कसरी काम हुन्छ त्यो मेरो लागि प्रमुख बिषय हो ।’

संयोजक यादव कुनै व्यक्ति खुशी या दुखी हुँदैमा आफ्नो मिसनलाई किमार्थ छाड्न नसकिने बताए ।

प्रकाशित : २०७६ भाद्र २९, आईतवार ०१:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ