सप्तरी : एकैदिन ३ कोरोना संक्रमितको मृत्यु, मृतक ३१ पुग्यो


टुडेखोज, राजविराज : सप्तरीका तीन कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ । योसँगै सप्तरीमा मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचाररत एक महिला र एक पुरुष तथा बिराटनगरस्थित म्याक्स अस्पतालमा एक पुरुष गरी तीन जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

जिल्लाको विष्णुपुर गाउँपालिका वार्ड नम्बर २ घरभई हाल राजविराज १ बस्ने २३ वर्षीया महिलाको बिहीबार बिहान ३ः१५ बजेको समयमा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिए ।

गत १८ गते मंगलबार कोरोना संक्रमण पुष्टि भएको मृतक महिलालाई त्यसको भोलिपल्ट प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेको थियो ।

उनी एनिमिया, पेन्सिटोपेनिया, अडल्ट पोलिसिस्टिक डिजिज र हाइपोथाइराडिज्मका बिरामी रहेको बताइएको छ । करिब एकसाता अगाडी नै उक्त रोगको उपचारको लागि प्रतिष्ठानमा भर्ना भएको उनले बताए ।

त्यस्तै राजविराज ८ का ६५ वर्षीय पुरूषको पनि बिहान ८ बजे प्रतिष्ठानमै मृत्यु भएको छ । गत १५ गते कोरोना संक्रमण पुष्टि भएको पुरुषलाई सोही दिन अस्पताल भर्ना भएका थियो ।

यसैगरी महदेवा गाउँपालिका ४ बस्ने ३० वर्षीय एक पुरुषको उपचारको क्रममा गएराती मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर बरैले जानकारी दिए ।

बिरानगरस्थित म्याक्स अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको छ । मृतक तीनै जनाको शव व्यवस्थापनको आवश्यक तयारी भइरहेको छ ।

प्रकाशित : २०७७ कार्तिक २०, बिहीबार १४:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ