१० लाख घुससहित विद्युतका इन्जिनियर जैसवाल पक्राउ


टुडेखोज, हेटौंडा : घुस रकमसहित रंगेहात हेटौंडाबाट एक इन्जिनियर पक्राउ परेका छन् ।

नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा-भरतपुर- बर्दघाट विद्युत् प्रसारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई अख्तियारको टोलीले घुससहित प्रक्राउ गरेको हो ।

हेटौंडा १० बसपार्कस्थित मेगा होटलबाट १० लाख रुपैयाँ घुस रकमसहित नवौं तहका इन्जिनियर जैसवाललाई दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पक्राउ गरेको छ ।

प्रसारण लाइनको ठेकेदारसँग घुस रकम लिँदै गरेको अवस्थामा इन्जिनियर जैसवाल पक्राउ परेको र अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित : २०७७ कार्तिक २०, बिहीबार १६:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ