एक महिनाभित्र उखु किसानको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन


काठमाडौं : उखु किसानको समस्या एक महिनाभित्र सम्बोधन गर्न प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले यस्तो निर्देशन दिएको हो । उखु किसानको पारिश्रमिक लगायतका समस्या अन्य मन्त्रालयसंगको समन्वयनमा एक महिनाभित्र समाधान गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।

रौतहटको श्रीराम सुगर मिल्सले उखु किसानलाई दिनुपर्ने बक्यौता नदिएपछि समिति यस बिषयमा लामोसमयदेखि सरोकारवाला निकायसंग छलफल गर्दै आएको थियो भने श्रीराम सुगर मिल्सका प्रतिनिधिहरुले मिल्स अन्तर्गत रहेको सम्पती बिक्रिबितरण गरेपछि किसानहरुको बक्यौत्ता भुक्तान गर्ने बताएको थियो ।

बैठकले हाल चाडपर्वका समय भएकाले सम्बन्धित मन्त्रालयले उखु किसान र मजदूरहरुलाई तत्काल राहतस्वरुप केही रकम भुक्तानी दिइसक्ने व्यवस्था मिलाउन पनि निर्देशनमा दिएको छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेकपा नेता लेखराज भट्टले समस्यामा परेका चिनि मिलहरुलाइ सहूलियत दिन सके मिलले निरन्तरता पाउने बताए । रुग्न भएका उद्योगहरुको सम्पती बिक्रिबितरण गरे नेपालमा औधोगिक क्षेत्र नै धरासयी हुने उनको भनाई छ ।

यसअघि उद्योगबाट पाउनुपर्ने ४१ करोड रुपैयाँ व्यवस्था मिलाइदिन किसानहरुले समिति समक्ष माग गरेको थियो ।

रौतहटको गरुडास्थित २६ वर्ष पुरानो श्रीराम सुगर मिल्स बर्सेनि घाटामा रहेको कारण देखाउँदै गोल्छा अर्गनाइजेसनले बन्द गर्ने निर्णय गरेको थियो । जसका कारण ३२५ मजदुरको रोजगारी गुमेको छ भने किसानहरुले बर्षौदेखिको बक्तौता पाएका छैनन् ।

प्रकाशित : २०७७ कार्तिक २०, बिहीबार १७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ