विहानै दुःखद खबर : ट्रयाक्टर पल्टिदा २ जनाको घटनास्थलमै मृत्यु, ५ घाइते


कपिलवस्तु, २९ भदौं । अनियन्त्रित भएर ट्रयाक्टर पल्टिदा घटनास्थलमै २ जनाको मृत्यू भएको छ भने पाँच जना घाईते भएका छन् ।

कपिलवस्तुको वाणगंगा नगरपालिका १ स्थित कोपवा जाने मोडमा लु ३ त ७२७२ नम्बरको ट्रयाक्टर पल्टिएको हो । दुर्घटनामा ट्रयाक्टर चालक वाणगंगा नगरपालिका १ का ३५ वर्षीय रामु थारु र सोहि ठाउँका १५ वर्षीय रन्जित बोटे माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका वाणगंगा नगरपालिका १ का १७ वर्षीय जय ज्ञवाली र सोही ठाउँका १५ वर्षीय मनिस परियारलाई बुटवल रिफर गरिएको छ । अन्य ३ जनाको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भईरहेको पिपरा प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको ट्याक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीको अनुमान छ ।

प्रकाशित : २०७६ भाद्र २९, आईतवार ०२:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ