कोरोना कहर : इटालीमा फेरि लकडाउन, घर बाहिर निस्किन रोक !


एजेन्सी : कोरोना संक्रमण बढेसंगै इटालीमा फेरि लकडाउन गरिएको छ । इटालीको विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी सरकारले कडा निययहरु लागू गरेको हो ।

इटालीका चार क्षेत्रहरु लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ । यी क्षेत्रहरु कोराना भाइरसको संक्रमण धेरै छन् ।

इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले कोरोनाको दोस्रो लहर रोक्न र अस्पतालमा अहिले कोरोनाका कारण बढिरहेको अत्याधिक चाप कम गर्न लकडाउन आवश्यक गरिएको बताए । शुक्रबारदेखि सुरु भएको लकडाउन दुई हप्ताका लागि हुनेछ ।

संक्रमणको संख्या कम हुँदै गएमा लकडाउन हटाउन पनि सकिने प्रधानमन्त्री कन्तेले जानकारी गराएका थिए ।

लकडाउनका लागि जारी गरिएका नियम भने इटालीमा पहिलोपटक मार्च महिना लकडाउन हुदाको जस्तै छन् । रेड जोन घोषणा गरिएका प्रदेशहरूमा मानिसहरुलाई बाहिरबाट आउन र आफू बसेको ठाउँ छोडेर निस्कन प्रतिबन्ध गरेको छ ।

स्वास्थ समस्या, कामको लागि आवश्यकता परेको खण्डमा अनुमति दिइएको भए पनि सेल्फ प्रमाणीकरणको सर्टिफिकेट अनिवार्य गरिएको छ । यो प्रमाणपत्रविना बाहिर निस्कन पाइने छैन ।

लकडाउनको बेला खानपिनका लागि सामान खरिद गर्न शपिङ सेन्टर भने खुल्ला नै रहने छन् । पार्लर खोल्न पनि अनुमति दिइएको छ ।

संक्रमणको संख्या अत्यधिक बढेसगै इटालीका धेरै सहरहरुमा अस्पतालमा बिमारी राख्ने ठाँउको अभाव पनि भएको छ ।

प्रकाशित : २०७७ कार्तिक २१, शुक्रबार ०८:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ