सिरहाकी जानकीदेवी राम नेकपाको कोटामा साँसद बन्दै


टुडेखोज, जनकपुरधाम : प्रतिनिधि सभाका सांसद, नेकपाकी सानु शिवा पहाडीको निधन भएपछि उनको ठाउँमा जानकीदेवी राम सांसद बन्ने भएकी छन् । उनी सिरहाकी हुन् ।

निधन भएका नेकपाकी सांसद पहाडी दलित महिला क्लष्टरबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत् प्रतिनिधि सभा सदस्य भएकी थिइन् । उनको ठाउँमा नेकपाकी जानकीदेवी राम सांसद बन्न लागेकी छन् । समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन आयोगमा पार्टीहरूले बुझाएको बन्द सूचीका आधारमा र सम्बन्धित क्लष्टरबाटै नाम सिफारिस गर्नुपर्ने प्रावधान छ ।

अघि सांसद बनिसकेका बाहेकको बन्दसूचीको रोलक्रममा रामको नाम भएकाले उनी सांसद बन्न लागेकी हुन् । नेकपाको दलित महिलाको कोटामा धनकुमारी सुनारको नाम छ तर उनी पार्टी छोडेर गइसकेकाले जानकीदेवी सांसद बन्ने सूचीमा रहेको नेकपा पार्टी कार्यालयका सचिव इश्वरी रिजालले बताए ।

उनले भने, ‘रोलक्रम अनुसार धनकुमारी सुनारको नाम छ, तर उहाँले पार्टी परित्याग गरिसकेकाले उहाँ पछाडि भएको नाम पार्टीले पठाउने हो, जसमा जानकीदेवी रामको नाम छ ।’

पद रिक्त भएको आधिकारिक जानकारी पाएपछि निर्वाचन आयोगले दलहरूले पहिले बुझाएको बन्द सूचीबाटै अर्को व्यक्ति चयन गर्नेछ । आयोगका अनुसार पद रिक्त भएको आधिकारिक जानकारी आयोगमा गएको छैन ।

यस्तै कांग्रेसका सूर्यबहादुर केसीको निधन भएका कारण उनको ठाउँमा मोहनप्रसाद पाण्डे सांसद बन्ने भएका छन् ।

प्रकाशित : २०७७ कार्तिक २१, शुक्रबार १७:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ