सिरहा नगरपालिकाद्वारा प्रहरीलाई साइकल सहयोग


टुडेखोज, जनकपुरधाम : सिरहा नगरपालिकाले प्रहरीलाई साइकल उपलब्ध गराएको छ ।

सिरहाका मेयर अशेश्वर प्रसाद यादवले जिल्ला प्रहरी कार्यालयलाई शुक्रबार ११ थान साइकल हस्तान्तरण गरे । गस्तीमा सहयोग पुर्‍याउने उद्देश्यले प्रहरीलाई साइकल प्रदान गरेको उनले बताए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नगरपालिकाका मेयर यादवले प्रहरीलाई साइकल हस्तान्तरण गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, जिल्ला प्रहरी प्रमुख एसपी उमाशंकर पञ्जियारसहितको उपस्थिति थियो ।

प्रकाशित : २०७७ कार्तिक २१, शुक्रबार १९:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ