प्रधानमन्त्री ओलीको मगज खराब भइसक्यो : मन्त्री सोनल


टुडेखोज, वीरगंज : प्रदेश २ का भौतिक पूर्बाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीको मगज खराब भइसकेको बताएका छन् ।

पर्साको बहुदरमाई नगरपालिका २ पिपरामा आयोजित ईमरजेन्शी सेल्टर भवनको शिलान्यास समाहोरमा बोल्दै मन्त्री सोनलले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीको मति भष्ट भइसकेको कारण देशको स्वाभिमान र विश्वसनीयता विश्व माझ तल खसाइरहेको जिकिर गरे ।

ओलीको बोलीको ठेगान नभएको भन्दै उनले भगवान रामको जन्मभूमि प्रदेश २ को पर्साको ठोरी हो भन्ने अभिव्यक्तिको कारण प्रधानमन्त्रीको बोलीले देशकै इज्जत तल झारेको बताए । ठोरीमा जन्मभूमि हो भनेको दुई दिनपछि प्रदेश ३ को माडीमा भगवान रामको जन्मभूमि हो भनेर किन अभिव्यक्ति दिए ? उनले प्रश्न गरे ।

पिपरामा संघीय सरकारको २ करोड ६५ लाखको बजेटमा दैविक प्रकोप बाढी, आगलागी, टोरनाडो, महामारी लगायतको समयमा स्थानीयलाई सेवा दिन आपतकालिन सेल्टर भवनको निर्माण भइररहेको छ ।

प्रकाशित : २०७७ कार्तिक २३, आईतवार ०७:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ