जनकपुरका किड्नी पीडित यादवलाई मिथिला समाजद्वारा आर्थिक सहयोग


टुडेखोज, जनकपुरधाम : दहेज मुक्त मिथिला समाज सेवा नेपालले एकजना किड्नी पीडितलाई आर्थिक सहयोग गरेको छ ।

जनकपुरधाम उपमहानगर १४ का राम दयाल यादवलाई मिथिला समाजले १५ हजार रुपैया आर्थिक सहयोग गरेको हो । किड्नी पीडित यादवलाई उपचार गराउन आर्थिक समस्या भएका कारण सहयोग गरेको समाजका अध्यक्ष जितेन्द्र ठाकुरले बताए ।

नेपाली कामदारहरुले दोहा कतार, साउदी, मलेशियामा स्थापना गरेको उक्त संस्थाले समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । सस्थाले दहेज मुक्त मिथिला, नारी कल्याण, नारी हिंसा विरुद्ध, असहायहरुलाई सहयोग र बाल बिबाह मुक्त जस्ता क्षेत्रहरुमा कार्य गर्छ ।

संस्थाका कोषाध्यक्ष शिव कुमार यादबले विभिन्न कारणले समस्यामा परेका नेपालीलाई निरन्तर सहयोग गर्ने बताए ।

प्रकाशित : २०७७ कार्तिक २३, आईतवार ०८:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ