सिरहाको भगवानपुरमा आगलागीबाट १५ लाख बढीको क्षति


जयनाथ यादव, लहान : सिरहाको भगवानपुर गाउँपालिका १ सिनुरियामा आइतवार विहान भएको आगलगीमा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

आगलगीबाट स्थानीय श्रीप्रसाद साह र पशुपती साहको घर, सुनचाँदी, अन्नपात, काठ लगायतका समान जलेर करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलगी विद्युत सर्ट भएर भएको बताइएको छ । दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक २३, आईतवार २०:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ