जनकपुरका भाग्यशाली युवा : जसलाई चिट्ठामा पर्यो ८ लाख पर्ने मोटरसाइकल


टुडेखोज, जनकपुरधाम : जनकपुरधाम उपमहानगर २४ का बसहियाका युवा रतनेश कुमार कर्ण भाग्यशाली सावित भएका छन् । चिट्ठामा झण्डै ८ लाख पर्ने मोटरसाइकल परेपछि उनी भाग्यशाली सावित भएका हुन् ।

जनकपुरस्थित टिभीएस शोरुम आर्यन अटोमोवाइल्समा स्टाइकर मोटरसाइकल खरिद गरेका थिए । केहि दिनपछि उनलाई गायक रबि ओटले फोन गरेर टिभीएसको सबैभन्दा महँगो गाडी चिट्ठामा परेको सुनाए । तर उनलाई विश्वास नै लागेको थिएन ।

रतनेश भन्छन्, ‘रबिले फोन गर्दा विश्वास लागेन । त्यसपछि कम्पनीको मान्छे फोन गरेर एउटा लिंक पठायो । त्यो लिंक खोल्दा चिट्ठामा मोटरसाइकल परेको हेरेँ । अनी बल्ल विश्वास लाग्यो ।’ आज टिभीएसको अपाचे आरआर ३१० सिसिको मोटरसाइकल पाउँदा अत्यन्त खुःशी भएको उनले सुनाए ।

आइतवार एक समारोहबीच आर्यन अटोमोवाइल्सका प्रोपराइटर संजिव महतोले रतनेशलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरे । उनले जनकपुरधामका मेयर लालकिशोर साह लगायतका अतिथिहरुले बधाई तथा शुभकामना दिए ।

कम्पनीले ल्याएको ‘टिभिएस दशैंको आशा’ योजना अन्तर्गत रतनेशलाई झण्डै ८ लाख पर्ने मोटरसाइकल चिट्ठा परेको अटोमोवाइल्सका प्रोपराइटर महतोले जानकारी दिए । उनका अनुसार मोटरसाइकल खरिद गर्दा हरेक हप्ता एक जनालाई मोटरसाइकल चिट्ठा पर्ने गरेको छ ।

प्रकाशित : २०७७ कार्तिक २४, सोमबार ०८:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ