प्रदेश २ : स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ


टुडेखोज, पर्सा : वीरगंज महानगरपालिका ८ माईस्थान चोकबाट स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको रक्सौल पुर्वी चम्पारण १० का ५० वर्षीय कृष्ण कुमार जैन रहेका छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरेपनि प्रहरीले आज सार्वजनिक गरेको छ ।

रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना ६४ प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा स्रोत नखुलेको सो रुपैयाँ बरामद भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका भारतीय नागरिक जैनमाथि पर्सा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७७ कार्तिक २४, सोमबार १६:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ