कर्जन्हामा पनि डोम समुदायको पक्की घर बन्दै, सांसद साहले गरे शिलान्यास


टुडेखोज, लहान : सिरहाको कर्जन्हा नगरपालिका ११ बगहामा पनि डोम समुदायको पक्की घर निर्माण सुरु भएको छ ।

सोमवार एक समारोहबीच सिरहा निर्वाचन क्षेत्र नम्बर ४ ‘क’का प्रदेश सांसद दिलिप साहले घरको शिलान्यास गरेपछि निर्माण सुरु भएको हो । सिरहा क्षेत्र नम्बर ४ ‘क’मा जनता आवास कार्यक्रम अन्तर्गत ३७ डोम समुदायको पक्की घर निमार्ण हुने सांसद साहले बताए ।

जिल्लाभित्र ४ सय १० दलितको घर निमार्ण हुने भएको छ । कार्यक्रम मार्फत ३ लाख ५० हजार रुपैयाको लागतमा प्रतिघर निमार्ण हुने सांसद साहको भनाई छ ।

अति आर्थिक विपन्नताको बीच जिवनयापन गरिरहेको डोम समुदायको घर निमार्णले उनीहरुको जिवन स्तरमा सुधार हुने सांसद साहले विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित : २०७७ कार्तिक २५, मंगलवार ०८:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ