ओलीलाई पानी पिउन नपाउने गरी कारबाही हुने प्रतिक्षामा छु : पुर्वमंत्री बाँसकोटा


काठमाडौं : पूर्वमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीमाथि हुने कारबाहीको प्रतिक्षामा रहेको बताएका छन् ।

यस्तो कुरामा विश्वास नलागे पनि प्रतिक्षा गर्नै पर्र्यो भन्दै उनले प्रधानमन्त्रीमाथि हुने कारबाहीको विषयप्रति व्यङ्ग्य गरेका हुन् । मंगलबार बिहान ट्वीट गर्दै बाँकोटाले दुई हप्ताभित्र प्रधानमन्त्रीलाई पानीसमेत पिउन नपाउने गरी खतरा कारबाहीको तयारी भइरहेको सूचना पाएको भन्दै त्यसको प्रतिक्षामा रहेको भन्दै व्यङ्ग्य गरेका हुन् ।

‘जिम्वालबाका छिमेकीले भनेको दुई साताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउने गरी खतरा कारबाही गर्ने तयारी छ रे ! भर्खरै सुनाए’, बाँस्कोटाले ट्वीटरमा लेखेका छन्, ‘पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब ।’ 

फरकधार

प्रकाशित : २०७७ कार्तिक २५, मंगलवार १०:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ