लोकसेवाले ३ सय प्राविधिक अधिकृतका लागि निकाल्यो विज्ञापन


टुडेखोज, काठमाडौं : लोकसेवा आयोगले निजामती सेवातर्फ राजपत्राङ्कित तृतीय श्रेणीको प्राविधिक पदमा विज्ञापन निकालेको छ ।

आयोगले विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि विज्ञापन निकालेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको आयोगले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं र आठौं तह तथा निजामतीतर्फ राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो ।

सामान्य प्रशासनको यही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।

प्रकाशित : २०७७ कार्तिक २६, बुधबार ०८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ