जुवा खेल्दा पक्राउ परेका पूर्वराज्यमन्त्री राय ३ हजार धरौटीमा छुटे


काठमाडौं : पूर्वराज्यमन्त्री खोभारी राय धरौटी बुझाएर छुटेका छन् । जिल्ला अदालत, काठमाडौंले तीन हजार रुपैयाँ धरौटी लिएर छोड्न आदेश दिएपछि उनी छुटेका हुन् ।

धरौटी रकम बुझाएपछि शुक्रबार उनीसहित जुवाखालबाट पक्राउ परेका १० जना जुवाडेलाई छाडिएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले बताए । १६ कात्तिकमा महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई १ लाख ५३ हजार रुपैयाँसहित जुवाखालबाट पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा रायसहित देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, बिक्रम लामा, जितपुर लामा, सविन लामा, पर्वत भण्डारी, कान्छा तामाङ, धर्मलाल तामाङ लगायत थिए । राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री भएका थिए ।

२०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका उनी २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । विवादित छविका खोभारी राय त्यसयता राजनीतिमा निष्कृय थिए ।

प्रकाशित : २०७७ कार्तिक २६, बुधबार १९:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ