सप्तरीमा पटाका पड्काउँदा आगलागी, ६ घर जलेर खरानी


सप्तरी : बालबालिकाले पड्काएको पटाकाबाट आगलागी हुँदा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा ६ वटा घर जलेर खरानी बनेको छ ।

नगरपालिकाको वडा ३ तरहीमा बिहीबार दिउँसो पटाका पड्काउँदा आगलागी भएको हो । बतहीदेवी मुखियाको घरबाट शुरु भएको आगोले उनका छिमेकी रामरुप, राज, मुकेश, राजकुमार र मुकेश मुखियाको १/१ वटा घर जलेको छ ।

घरभित्रको सम्पूर्ण सामान जलेर झण्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीले सबैभन्दा बढी राजकुमार मुखियाको घरमा भएको छ ।

मुखियाको एक घरसहित घरभित्रका सामान जल्दा ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ । आगलागीलाई स्थानीय बासिन्दा एवं प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०७७ कार्तिक २७, बिहीबार १६:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ