अमेरिकाद्वारा नेपाललाई १ सय थान भेन्टिलेटर सहयोग


काठमाडौं : अमेरिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १ सय थान भेन्टिलेटर सहयोग गरेको छ ।

अमेरिकी राजदूत र्‍याण्डी बेरीले सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । कोरोना संक्रमितको उपचारमा सहयोग पुर्याउने उदेश्यले अमेरिकाले भेन्टिलेटर हस्तान्तरण गरेको जनाएको छ ।

कोरोनाका गम्भिर विरामीलाई उपचारका लागि भेन्टिलेटर आवश्यक पर्छ । नेपालमा थोरै संख्यामा भेन्टिलेटर रहेकाले विभिन्न देश तथा दातृ निकाय सहयोग गरिरहेका छन् ।

प्रकाशित : २०७७ कार्तिक २८, शुक्रबार १२:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ