सिरहा प्रहरीद्वारा ५ लाख ५५ हजारको अबैध पटाका नष्ट


टुडेखोज, लहान : सिरहा प्रहरीले लाखौं मुल्य बराबरको पटाका बरामद गरी नष्ट गरेको छ ।

सिरहाको विभिन्न स्थानबाट बरामद गरिएको नागिन पटाका १५० बण्डल, झिरझिरी ३०० प्याकेट, चक्रबम २०० प्याकेट, आलु बम ३०० प्याकेट, चकलेट बम ३७५ प्याकेट, विजली बम १५० प्याकेट, रकेट बम २२० प्याकेट र फूलझरी ४२० प्याकेट प्रहरीले नष्ट गरेको छ ।

प्रहरीका अनुसार नष्ट गरिएको पटाका करिब ५ लाख ५५ हजार ५ सय मूल्य बराबरको थियो । पटाकाहरु जनप्रतिनिधी, प्रशासन कार्यालयका प्रतिनिधि र संचारकर्मीको रोहबरमा खाल्टो पानीमा भिजाएर नष्ट गरिएको छ ।

दिपावली तथा छठमा मनोरंजनका लागि भारतबाट पटाका अबैध रुपमा भित्रिन्छ ।

प्रकाशित : २०७७ कार्तिक २९, शनिबार १२:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ