सरकारी गाडीमा आजगनी, विप्लवका कार्यकर्ता पक्राउ


बझाङ, २९ भदौं । बझाङ जिल्लाको बित्थड चिर गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

पार्किङ गरेर देउखेल बजारमा राखिएको से १ झ २७४ नम्बरको गाडीमा शनिवार राति अज्ञात समूहले आगजनी गरेको हो । आगजनीका कारण गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले प्रतिवन्धित विप्लव समूहका एक जनालाई नियन्त्रणमा लिएको छ । विप्लवका कार्यकता अमर महरलाई पक्राउ गरिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ भाद्र २९, आईतवार ०६:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ