पुजारी हत्या आरोपमा यसरी पक्राउ परे भारतीय नागरिक


नवलपरासी : पुजारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नवलपरासीको सुस्ता गाउँपालिकामा पुजारीको हत्या गरेको आरोपमा भारतीय नागरिक २१ वर्षीय धनञ्जय मौर्य पक्राउ परेका हुन् । नवलपरासीको प्रतापपुरबाट पक्राउ परेका उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार गत कात्तिक ९ गते दिउँसो ३ बजे  सुस्ता गाउँपालिका ४ पश्चिम टाँडीमा ७२ वर्षीय पुजारी महँगु केवट मृत अवस्थामा फेला परेका थिए । धारिलो हतियार प्रयोग गरी उनको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

मृतकको छोरीबाट अभियुक्त मौर्यकोको पहिचानका आधारमा पक्राउ गर्न सफलता मिलेको प्रहरीले जनाएको छ । मौर्यले मौखिक वयानबाट पुजारीको हत्या स्वीकार गरेको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७७ कार्तिक २९, शनिबार १५:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ