बिहार : सातौं पटक मुख्यमन्त्रीको शपथ लिए नीतिश कुमार


पटना : भारत बिहारको मुख्यमन्त्रीको रुपमा फेरी नीतिश कुमार शपथ लिएका छन् । उनी लगातार सातौं पटक मुख्यमन्त्री बनेर रेकर्ड बनाएका हुन् ।

राजभवनमा आयोजित विशेष समारोहमा नीतिश कुमारलाई मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ राज्यपाल फागू चौहानले गराएका छन् । उपमुख्यमन्त्री पदका लागि बीजेपीको तर्फबाट तारकिशोर प्रसाद र उपनेता रेणु देवीले शपथ लिइन् ।

शपथ ग्रहण समारोहमा गृहमंत्री अमित शाह र बीजेपी अध्यक्ष जेपी नड्डा समेत सहभागी थिए ।

प्रकाशित : २०७७ मंसिर १, सोमबार १७:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ