जनकपुरका दुई र महोत्तरीका एक युवक नशालु ट्याब्लेटसहित पक्राउ


टुडेखोज, जनकपुरधाम : महोत्तरी प्रहरीले लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । सम्सी गाउँपालिकाबाट १ र जलेश्वरबाट २ गरी तीन युवक पक्राउ परेका हुन् ।

सम्सी गाउँपालिका ६ बाट पैदल यात्री बर्दिबास नगरपालिका २ का ३५ वर्षीय शिव परियार पक्राउ परेका छन् । उनको साथबाट नाइट्रोभेट ट्याब्लेट ७५ पिस र स्पास्मो प्रोक्सिभोन प्लस ४० पिस बरामद भएको छ ।

यस्तै जलेश्वर नगरपालिका ६ मलिवारा बजारबाट जनकपुरधाम उपमहानगरपालिका १३ का ३५ वर्षीय सुजित कुमार साह र १९ वर्षीय रामजिवन महरा लागुऔषधसहित पक्राउ परेका छन् । उनीहरुको साथबाट नाइट्रोभेट ट्याब्लेट ४५ पिस र स्पास्मो प्रोक्सिभोन प्लस ८ पिस बरामद भएको छ ।

तीनै जना भारतबाट लागुऔषध भित्र्याउने क्रममा पक्राउ परेको बताइएको छ । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान तथा कारबाही अगाडी बढाएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

प्रकाशित : २०७७ मंसिर १, सोमबार १७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ