प्रदेश २ : बिजुलीको पोलमा जीप ठोक्किँदा एक महिलाको मृत्यु


बारा : बिजुलीको पोलमा जीप ठोक्किँदा बारामा एक महिलाको मृत्यु भएको छ ।

जैतापुरबाट कलैया जाँदै गरेको ना १ ज २८७९ नम्बरको जीप कलैया उपमहानगरपालिका २४ को बेलवाडीमा सडक नजिकै रहेको विद्युत्तीय पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा जीतपुर सिमरा उपमहानगरपालिका १७ जैतापुरकी ४० वर्षीया सुखी धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप तिव्र गतिमा रहेका कारण घुमाउरो सडकमा अनियन्त्रित हुँदा पोलमा ठोक्किएको प्रहरीको भनाई छ । दुर्घटनामा परी गम्भीर घाइते भएका चालक रामभजन धामीलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सावित्री चौधरी, सरस्वती धामी लगायत गम्भीर घाइते भएका छन् । उनीहरुको वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : २०७७ मंसिर २, मंगलवार १८:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ