सप्तरीमा मन्त्री साहले बाँडे ८२ छठ ब्रतालु महिलालाई नगद, साडी र पूजा सामग्री


टुडेखोज, राजविराज : प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीमा छठ ब्रतालुलाई पूजा सामग्री, साडी र नगद वितरण गरेका छन् ।

मन्त्री साहले एक कार्यक्रमबीच हनुमानगर नगरपालिकाको ईनर्वामा छठ ब्रतालु महिलाहरुलाई साडी, पुजा सामग्री र नगद वितरण गरेका हुन् । स्थानीय ८२ छठ ब्रतालु महिलालाई पूजा सामग्री तथा १ साडी र ५ सय नगदका दरले सहयोग गरिएको छ ।

चार दिनसम्म मनाइने छठ मंगलवारदेखि नै सुरु भइसकेको छ । आज ब्रतालु महिलाहरुले ‘नहाय खाय’ विधि गरेकी छन् । शुक्रवार अस्ताउदो र शनिवार विहान उदाउदो सुर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुनेछ ।

प्रकाशित : २०७७ मंसिर ३, बुधबार १८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ