ओली सरकार पनि छाडा भएका छन्, गम्भीर समीक्षा गर्नुपर्छ : माधव नेपाल


काठमाडौं : सत्तारूढ नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकार पनि छाडा भएको बताएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा बोल्दै नेता नेपालले भने, ‘तीनै तहका सरकार छाडा भएका छन् । गम्भीर समीक्षा गरेर सच्याऔं ढिलाढाली नगरौं ।’

नेता नेपालले पार्टीभित्र देखिएको विवाद र झगडाले पनि जनता र कार्यकर्तामा निराशा छाएको बताएका छन् । ‘हाम्रा क्रियाकलापले जनता र कार्यकर्तामा निराशा छाएको छ। हामीले आफूलाई समीक्षा गरेर सच्याएर अघि बढ्नुपर्छ,’ उको भनाई थियो ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन उठाइएका प्रश्नको जवाफ दिन आफूलाई समय लाग्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले आफूलाई प्रचण्डले निराधार आरोप लगाएको भन्दै त्यसको जवाफ दिन १० दिन समय लिएका छन् ।

प्रकाशित : २०७७ मंसिर ३, बुधबार १९:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ