सिरहामा १७ लाखको कपडा र गाडीसहित एकजना पक्राउ, पथलैया पठाइयो


जयनाथ यादव, लहान : कपडाको बिल शंकास्पद देखिएपछि सिरहा प्रहरीले ठूलो परिमाणको कपडा र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ ।

कर्जन्हा नगरपालिका ३ स्थित ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटेको प्रहरी टोलीले १७ लाख २६ हजार १ सय ७४ रुपैयाको कपडा र पिकअप गाडी र सुनसरीको गढी गाउँपालिका ४ का २१ वर्षीय सुर्यलाल उराउलाई पक्राउ गरेको हो । पक्राउ परेका उराउ पिकअप चालक भएको प्रहरीले जनाएको छ ।

पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जादै गरेकोको पिकअप गाडी रोकी चेकजाँच गर्दा बिल शंकास्पद देखिएका कारण कपडा, गाडी र चालकलाई नियन्त्रणमा लिएको सिरहा प्रहरी प्रवक्ता डिएसपी शालिग्राम शर्माले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिएको पिकअप गाडी, कपडा र चालकलाई आवश्यक कारवाहीको लागि आन्तरीक राजश्व कार्यालय पथलैया, बारा पठाइएको छ ।

प्रकाशित : २०७७ मंसिर ३, बुधबार २०:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ