जनकपुर : वडाध्यक्ष साहले छठ मनाउन ५१ गरिबलाई बाँडे सर्ट र पैन्ट


टुडेखोज, जनकपुरधाम : लकडाउनले आर्थिक समस्या झेल्न बाध्य दलित तथा विपन्नलाई जनकपुरधाम उपमहागरपालिका २ का वडाध्यक्ष सत्रुधन साहले लुगा सहयोग गरेका छन् ।

वडाध्यक्ष साहले वडाभित्रका दलित तथा विपन्न ५१ जनालाई छठमा लगाउन सर्ट र पैन्ट  वितरण गरेका हुन् । बुधवार पत्रकारहरुको उपस्थितिमा वडाध्यक्षले सर्ट र पैन्ट वितरण गर्दा दलित तथा विपन्नहरुको अनुहार उज्यालो देखियो ।

केहीदिन अगाडी वडाध्यक्ष साहले दलित तथा विपन्न छठ ब्रतालुहरुलाई साडीसहित पूजा सामग्री वितरण गरेका थिए ।

अध्यक्ष साहले भने, ‘छठमा नयां लुगा लगाउने चलन छ । तर किनेर लुगा लगाउन नसक्ने अबस्थामा केहि अति विपन्न व्यक्ति रहेको थाहा पाएपछि तथ्यांक संकलन गरी उनीहरुलाई सर्ट र पैन्ट तथा धोती वितरण गरेका छौं ।’

प्रकाशित : २०७७ मंसिर ४, बिहीबार ०८:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ