सिरहाको कल्याणपुर स्वास्थ्य शाखा प्रमुख देवको कोरोनाबाट मृत्यु


बिराटनगर : नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत एकजना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको हो । ५० वर्षीय देव सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख थिए ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले भने, ‘कोरोना रिपोर्ट नेगेटिभ आएको छ । तर क्लिनिकल्ली कोरोना डेथ भनिएको छ ।’

जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनी विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका थिए ।

उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको यादवले जानकारी दिए ।

प्रकाशित : २०७७ मंसिर ७, आईतवार १२:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ