महोत्तरी : बालिका हत्या आरोपितको घरमा आगजनी, राजमार्ग बन्द


महोत्तरी : जिल्लाको बर्दिवास नगरपालिका-१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव साह खातुनको हत्या आरोपित युवाको घरमा स्थानीयले आगजनी गरेका छन् ।

आइतबार साँझ घरआँगन वरपर नै खेलिरहेकी खातुन अचानक हराएपछि परिवार र प्रहरीले उनको खोजी गर्दा मंगलबार मध्यरातमा शव भेटिएको थियो ।

बालिकाको नियोजित हत्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको गरेको थियो । स्थानीयले मंगलबार बिहानै उनको घरमा आगजनी गरेका हुन् ।

मध्यरातमा बालिकाको शव बर्दिवास-१४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा भेटिएको थियो । पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।

बालिकालाई बलात्कार गरेर हत्या गरेको स्थानीयले आशंका गरेका छन् प्रहरीले भने पोस्टमार्टमको रिपोर्ट नआएसम्म यसै भन्न नसकिने बताएको छ ।

बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको छ भने घटनास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको प्रहरीले बताएको छ । ​

आरोपितको घरमा प्रहरीले समयमै खानतलासी नगरेको भन्दै आक्रोशित भिडले उनको घर र पसलमा तोडफोड गरेका छन् । सोही क्रममा उनीहरुले घरमा आगजनी गरेका हुन् । स्थानीयको आक्रोशित भिडले पूर्व-पश्चिम राजगमार्गमा टायर बालेर बन्द गरेका छन् ।

स्थानीयले राजमार्ग अवरुद्ध गर्दै घरमा आगलागी गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायरसमेत गरेको छ । हत्या अरोपित साह बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका थिए। 

प्रकाशित : २०७७ मंसिर ९, मंगलवार १०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ