हावाबाट बिजुली उत्पादन गर्ने तयारी, सफल भयो परीक्षण !


दाङ : दाङको कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको सफल परीक्षण गरिएको छ । लामो समयदेखि विद्युतको पहुँचबाट वञ्चित कोइलाबासमा विद्युतको सहज व्यवस्थापनको लागि पहिलो चरणमा गरिएको परीक्षण सफल भएको हो ।

विद्युत् उत्पादनका लागि २०० फिट अग्लो टावर निर्माण गरे पश्चात ट्रान्समिटर जडान गरेर परीक्षण प्रकृया सम्पन्न भएको छ ।कोइलाबासलाई ब्यबस्थित गर्ने क्रममा यो ठाँउमा हावाबाट बिजुली उत्पादन गरी घरघरमा बितरण गरी झलमल्ल बनाउने अठोटका साथ काम गरिएको गढवा गाँउपालिकाका अध्यक्ष सहजराम यादव बताए ।

हावाबाट बिजुली उत्पादन गर्ने काम पहिलो चरणमा सफल भएको जानकारी सहितको पत्र गढवा गाँउपालिकामा आएको गढवा गाँउपालिका वडा ८ का अध्यक्ष सद्दाम सिद्धिकिले जानकारी दिए । कोइलाबास क्षेत्रका नागरिकलाई लक्षित गरी २४ सै घन्टा विद्युत आपुर्ति गर्न हावाबाट बिद्युत उत्पादनको लागि काम सुरु गरिएको उनको भनाई छ ।

हावाबाट बिजुली उत्पादन हुने भएपछि बर्षौदेखि झेल्दै आएको समस्या अव समाधान हुने भन्दै कोईलाबासका स्थानिय उत्साहित छन् । बिजुली उत्पादन हुँदा यस ठाँउलाई राम्रो हुने गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रबिलाल आचार्यले बताए ।

विद्युत उत्पादन भएपछि करीव २५० घरधुरी लाभान्बित हुनेछन् । हावाबाट विद्युत उत्पादन गर्ने काम सफलतापूर्बक सम्पन्न गर्न सके यस ठाँउका नागरीकहरु लाभान्वीत हुन्छन् भन्नेमा दुई मत छैन । – इमेज

प्रकाशित : २०७७ मंसिर ११, बिहीबार ०९:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ