अनिष्ट रोक्न ‘कार्तिक नाच’, दर्शकलाई सहभागी नगराउने


काठमाडौं : राजा सिद्धिनरसिंह मल्लले झन्डै ३७९ वर्षअघि सुरु गरेको भनिएको कार्तिक नाच कोरोनाभाइरस महामारीबीच पनि नरोकिने भएको छ ।

ललितपुरको पाटन दरबारस्थित डबलीमा प्रत्येक वर्षको कार्तिक महिनामा आयोजना हुने यस सांस्कृतिक उत्सव यसपालि शुक्रवार र शनिवार गरेर दुई दिनमात्र चल्ने कार्तिक नाच संरक्षण समितिले जनाएको छ ।

समितिका अध्यक्ष किरण चित्रकारका अनुसार मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेका बेला ‘अनिष्टबाट जोगाउन’ कार्तिक नाच दुई दिनमा सीमित गरेर भए पनि आयोजना गरिएको बताए ।उनका अनुसार यसपालि प्रसिद्ध नृसिंह अवतार र वराह अवतार नृत्य मात्र देखाइने छ ।

विगतदेखि नै बाक्लो दर्शकमाझ प्रदर्शन हुने यो नाच यसपालि बिना दर्शक र कडा सुरक्षा घेराबीच १८ देखि ६० वर्ष उमेरसम्मका कलाकारहरूले प्रस्तुत गर्ने बताइएको छ ।

प्रकाशित : २०७७ मंसिर १२, शुक्रबार ११:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ