आज नेपाल आउँदै चिनियाँ रक्षामन्त्री फेङ


काठमाडौं : चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङ एक दिने नेपाल भ्रमणको सिलसिलामा आज आठमाडौं आउँदै छन् ।

गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेपछि चिनियाँ उच्च अधिकारीले गर्न लागेको यो पहिलो नेपाल भ्रमण हो । भारतीय विदेशसचिव हर्षबर्द्धन श्रींगलाले दुई दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्केको २ दिनपछि चिनियाँ रक्षामन्त्री नेपाल आउन लागेका हुन् ।

चीन र भारतबीच लद्दाखमा सीमा विवादलाई लिएर तनाव बढिरहेका बेला दुवै देशका उच्चअधिकारीले एकपछि अर्को गर्दै नेपाल भ्रमण गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । चिनियाँ रक्षामन्त्री वेई एक दिनको लागि नेपाल आउन लागेका हुन् ।

आज चिनियाँ रक्षामन्त्री वेईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । आजै उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : २०७७ मंसिर १४, आईतवार ०८:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ