नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बनमा


काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी उपरीक्षक (एसपी) र एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई निलम्बन गरेको छ।

प्रहरी उपरीक्षक रामेश्वर यादव, विमल बस्नेत र प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासिया निलम्बनमा परेका हुन् । निलम्बन गरेकोबारे प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बहादुर कुँवरले पुष्टि गरे ।

‘प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा आर्थिक अनियमितता गरेको आरोपमा उनीहरू निलम्बनमा परेका हुन्, ‘उनले भने, ‘हिजोदेखि लागू हुनेगरी निलम्बन गरिएको छ ।’

प्रहरी उपरीक्षक यादव महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाह पथमा, बस्नेत महानगरीय प्रहरी कार्यालय, रानीपोखरी, र प्रहरी निरीक्षक चौरासिया जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा कार्यरत छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा मन्त्रालयले उनीहरूलाई निलम्बन गरेको हो । ‘उनीहरूमाथि थप अनुसन्धान तथा कारबाही हुनेछ,’ प्रवक्ता कुँवरले भने ।

प्रकाशित : २०७७ मंसिर १७, बुधबार १२:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ