जन्ती बोकेको गाडी दुर्घटना : दुलाहा र दुलहीसहित १३ जना घाइते


कैलाली : जिल्लाको गोदावरीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बुधबारे जन्ती बोकेको सुपप्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटना हुँदा बेहुला र बेहुलीसहित १३ जना घाइते भएका हुन् ।

भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका-४ मा बैतडीबाट जन्ती लिएर कञ्चनपुर आउँदै गरेको  वीङ्गर बुधबार राति दुर्घटनामा परेको हो ।

दुर्घटनामा  घाइते हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका-३ का २१ वर्षीय दुलहा गोविन्द लुहार र बैतडीको दोगडाकेदार गाउँपालिका- की १९ बर्षीया दुलही डम्मरा लावड, बेलौरी नगरपालिका वडा नम्बर ३ का वर्ष १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिस लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका-८ का १५ वर्षीय शेर लावड, दोगडाकेदार-६ बस्ने २० वर्षीय अर्जुन लुहार घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

यस्तै दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ बस्ने गोरे लुहार, बेलौरी नगरपालिका-३ बस्ने ७ वर्षीय प्रदीप चौधरी, बेलौरी नगरपालिका-३ का २७ वर्षीय निर्मल चौधरी, २५ वर्षीया राधा चौधरी, दोगडाकेदार गाउँपालिका-६ बस्ने ५० वर्षीय लक्षी लुहार, पुनर्वास नगरपालिका-३ बस्ने २१ वर्षीय राजु कार्की र चालक वीर बहादुर सार्की घाइते भएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते १३ मध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइतेको अत्तरियाको पदमा अस्पताल र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ  ।

प्रकाशित : २०७७ मंसिर १८, बिहीबार १०:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ